• २ माघ २०८१, बुधबार

बाढीबाट डेढ हजार परिवार प्रभावित

blog

कैलालीमा बाढीले गरेको डुबान ।

अविनाश चौधरी

धनगढी, भदौ ६ गते । कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ । 

मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उहाँले जानकारी दिनुभयो । प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । 

पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रम अझ नरोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोहनाका सहायक नदीसहित कुलरिया, कान्द्रा, घुरहा नदीमा आकस्मिक बाढी र होचो भूभागमा थप डुबानको जोखिम रहेको भन्दै जल तथा मौसमविज्ञान विभाग कार्यालयले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।