• ९ वैशाख २०८२, मङ्गलबार

बाबुआमाको कुटाइबाट चार महिने शिशुको मृत्यु

blog

बोमलाल गिरी
नवलपुर, वैशाख ९ गते ।
नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ ।

नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।

घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लैजानुभएको थियो । तर उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । 

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाइ छाडेर भागेको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।