• २ माघ २०८१, बुधबार

आकाशबाट यस्तो देखियो कैलारीको डुबान

blog

ड्रोन क्यामेराबाट खिचिएको कैलारी–५ को डुबान । तस्बिर : कुलराज चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ५ गते। कैलालीको कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिका–५ को जनजीवन प्रभावित भएको छ। 

सो वडाको मनिकापुर, बैजपुर, बंगालीपुर क्षेत्रमा डुबान भई जनजीवन प्रभावित भएको हो। डुबानमा परेका पाँच परिवारका १० जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरू बालबालिका, महिला र ज्येष्ठ नागरिक रहेका छन्। 



उनीहरुलाई वडा कार्यालयमा राखिएको छ। यसैगरी, डुबानमा परेका १९ घरपरिवारका ११६ जना व्यक्ति घरको दोस्रो तल्लामा बसेका जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेश नाथले जानकारी दिनुभयो। 

बाढीका कारण सो स्थानमा हुलाकी राजमार्गसमेत अवरुद्ध भएको छ। सडकमा पानीको बहाव उच्च हुनुका साथै छेउछाउ भत्किएपछि अवरुद्ध भएको हो। 


ड्रोन क्यामेराबाट खिचिएको फोटोमा वडा नम्बर ५ र ७ को कटैनी नदी आसपास क्षेत्र पुरै जलमग्न देखिन्छ।  

यो पनि पढ्नुहोस

बाढीले हुलाकी राजमार्ग अवरुद्ध

देशभर अविरल वर्षाले जनजीवन प्रभावित

कैलालीका बस्ती डुबानमा

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध