मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन सेनाका खेलाडीलाई निर्देशन
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा सबैभन्दा पहिला नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात निर्देशन दिनुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद तयारी तीव्ररूपमा
मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ ।
नवौँ राष्ट्रिय खेलकुद हुने जिल्लामा तयारी तीव्र
गण्डकी प्रदेशमा गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडि बढेको छ । ३६ खेलका खेलस्थल सार्वजनिक गरेसगै खेलमैदानको निर्माणलाई अगाडि बढाइएको छ ।
हिमाल र वियन्कालाई स्वर्ण
आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।
स्ववियु कप भलिबल सुरु
चौथो संस्करणको स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ ।
सन्दीप क्यानको सम्पर्क बाहिर
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्कमा हुनुहुन्न ।
नेपालको पहिलो खेल माल्दिभ्ससँग
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
राष्ट्रिय फुटबल टोलीको घोषणा
यही असोज ११ गते दशरथ रंगशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
राजेन्द्र र आनन्द पहिलो
गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो हुनुभएको छ । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो हुनुभएको हो ।
डीएभीलाई इन्डोर क्रिकेट उपाधि
चौथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ ।
सुदूरपश्चिम राजधानी कपमा आठ टोली
धनगढीमा असोज ८ देखि १५ गतेसम्म आयोजना हुने सुदूरपश्चिम राजधानी कपमा आठ टोलीको सहभागिता रहने भएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिताको बुधबार ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ ।
रुसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध
युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपियन फुटबल महासंघ (यूईएफए) ले रुसलाई युरोकप छनोट फुटबल खेल्न प्रतिबन्ध गरेको छ । यूईएफएले रुसलाई २०२४ को युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।
गोलरक्षक चक्काको घर बनाईदिन प्रधानमन्त्री हसिनाको निर्देशन
बंगलादेशलाई साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी गोलरक्षक रुपना चक्माको घर सरकारले बनाईदिने भएको छ ।
भारत अष्ट्रेलियासँग पराजित
पाहुना टोली अष्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारतलाई चार विकेटले हराएको छ । यस जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
साफ विजेता फुटबल टोलीलाई क्रिकेट बोर्डको पुरस्कार
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि विजेता बंगलादेश महिला टोलीलाई बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले ५० लाख टाका पुरस्कार दिने घोषणा गरेको छ ।
एलेन र इभानालाई टेबलटेनिसमा स्वर्ण
आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गर्ल्समा इभाना पहिलो हुनुभएको हो । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब
शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनोट खेल तालिका समेत सार्वजनिक गरेको छ ।
नेपालले साबा महिला बास्केटबल खेल्ने
माल्दिभ्समा सेप्टेम्बर २४ देखि ३० सम्म आयोजना हुने साबा महिला बास्केटबल प्रतियोगितामा नेपालले भाग लिने भएको छ । नेपाली बास्केटबल टोलीको मंगलबार विदाइ गरिएको छ ।
नेपाल फाइनलमा फेरि स्तब्ध
हरेक संस्करणमा साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने धोको राखेको नेपाल यसपटक पनि स्तब्ध बनेको छ । दशरथ रंगशालामा सोमबार साँझ करिव १६ हजार दर्शकको साथमा फाइनल खेलेको नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो ।
साफको उपाधि नेपालले गुमाउँदा बंगलादेश नयाँ च्याम्पियन
साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ।पहिलो पटक साफ च्याम्पियन बन्ने अवसर घरेलु मैदानमा नेपालले गुमाउँदा बंगलादेशले उपाधि उचालेको हो।
यु–२० एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा आइतबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
नेपाल र बङ्गलादेश भिड्दै
छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन् ।
लुम्बिनी पुग्यो नवौंको ट्रफी
नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी लुम्बिनी पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ट्रफी टुर कार्यक्रम अन्तर्गत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार ट्रफी प्रदर्शन गरिएको छ ।
खेलकुदमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।