एनआरटीमाथि मच्छिन्द्रको सहज जित
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) माथि सहज जित निकालेको छ ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
उपाधि विजेता बार्सिलोना सोसिडाडसँग पराजित
स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले रियल सोसिडाडसँग हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलले पराजित भयो ।
आर्सनल हारेपछि सिटी तीन खेल अगावै च्याम्पियन
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि रक्षा गरेको छ । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।
प्रकाश दाहाल स्मृति बक्सिङ असारमा
प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ ।
मुकेश र राजपुरालाई हाफ म्याराथन उपाधि
त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जित्नु भएको छ ।
देशको रक्षाको सङ्कल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा क्रिकेटलाई प्राथमिकता
सरकारले नीति तथा कार्यक्रममा क्रिकेट खेलको पूर्वाधार निर्माण र विकासलाई प्राथमिकतामा राखेको छ ।
प्रधानसेनापति टेनिसमा अभिषेक च्याम्पियन
दोस्रो प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिताको उपाधि अभिषेक बास्तोलाले जित्नुभएको छ । जङ्गी अड्डास्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा पुरुष एकलतर्फ बास्तोला विजयी हुनुभएको हो ।
आर्मी र खुमलटारको बराबरी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
खेलकुद पत्रकार मञ्च पाल्पामा माधव
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा शुक्रबार माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । पुनः निर्वाचित हुनुभएका अर्यालको यो दोस्रो कार्यकाल हो ।
सिन्धु कप जेठ अन्तिममा
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
सकारात्मक सोच राखेर काम गर्न कांग्रेस नेता लामाको आग्रह
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
एस रोमा र सेभिया युरोपा लिगको फाइनलमा
इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
फ्रेन्ड्ससँग बराबरीका रोकियो मच्छिन्द्र
साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तुलनात्मक रूपमा कमजोर टोली फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई आग्रह
नेपाल सुपर लिगका पदाधिकारीले सामाजिक उत्तर दायित्व कोष (सीएसआर) को रकम खेल क्षेत्रमा प्रयोगको लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको छ ।
खेलकुदलाई रोजाइको मन्त्रालय बनाउने प्रयास गर्नेछु : मन्त्री लिम्बु
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सधैँ जसो हेपिएको रूपमा लिइने युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो कार्यकालमा सबै पार्टी र नेताको रोजाइको मन्त्रालय बनाएर जाने बताउनुभएको छ ।
रियललाई हराउँदै सिटी फाइनलमा
कीर्तिमानी स्पेनिस टोली रियल म्याड्रिडलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले साबिक विजेता समेत रहेको रियललाई ४-० गोलले हरायो ।
क्रिकेट टोलीलाई वाणिज्य बैंकले नगदसहित सम्मान गर्ने
एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियललाई राष्ट्रिय वाणिज्य बैंकले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
प्लानिङ ब्वाइजलाई भिमनारायण गोल्डकप उपाधि
१५औं संस्करणको सहिद भिमनारायण गोल्डकप फुटबलको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनल खेलमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलले हरायो ।
कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना
१६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
सिरि‘ए’ प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै इन्टर मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई १-० गोलले हरायो ।