• १४ वैशाख २०८१, शुक्रबार

प्लानिङ ब्वाइजलाई भिमनारायण गोल्डकप उपाधि

blog

उपाधि उपाधि विजेता प्लानिङ ब्वाइजका खेलाडी । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, जेठ ३ गते । १५औं संस्करणको सहिद भिमनारायण गोल्डकप फुटबलको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनल खेलमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलले हरायो ।

प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई तथा समिर थापा र विशाल दर्जीले एक एक गोल गर्नुभयो । उपाधिसँगै प्लानिङ ब्वाइजले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता वीरगञ्ज युनाइटेडले दुई लाख ५० हजार रुपियाँ पायो ।

अभिनास थापामगर फाइनल खेलको म्यान अफ दि म्याच हुनुभयो । उहाँले चार हजार रुपियाँ पाउनुभयो । प्लानिङ ब्वाइजका विशाल दर्जी उत्कृष्ट रक्ष, लोकेश चौधरी उत्कृष्ट गोलरक्षक, यो निपोलियन उत्कृष्ट स्ट्राइकर, वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित हुनुभयो ।

उत्कृष्ट सबैले जनही सात् हजार रुपियाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका डेडी वाम्वा सर्वोत्कृष्ट घोषित हुनुभयो । उहाले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, पाख्रिवास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।