काठमाडौं, जेठ ५ गते । दोस्रो प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिताको उपाधि अभिषेक बास्तोलाले जित्नुभएको छ । जङ्गी अड्डास्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा पुरुष एकलतर्फ बास्तोला विजयी हुनुभएको हो ।
आरम्भ सम्राट् हाडा दोस्रो र प्रनव खनाल र अकि रावत तेस्रो हुनुभयो । महिला एकलको उपाधि सुनिरा थापाले जित्नुभयो । फाइनलमा उहाँले अभिलाष विष्टलाई हराउनुभयो । मिक्स युगलको उपाधि प्रदीप खड्का र माहिका राणाले जित्नुभयो ।
वैशाख २८ देखि सञ्चालन भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिक्स डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५/१५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । विजेतालाई प्रधान सेनापति प्रभुराम शर्मा लगायतले पुरस्कार प्रदान गर्नुभयो ।