• १ पुस २०८२, मङ्गलबार

अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण

blog

काठमाडौँ, पुस १ गते । ललितपुर महानगरपालिका–८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मङ्गलबार स्वर्ण जित्नुभएको छ ।  सुरम्य प्रतियोगितामा स्वर्ण जित्ने पहिलो खेलाडी हुनुहुन्छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गर्नुभयो । भक्तपुर–२ की उरवी सुवाल र ललितपुर १७ की अर्सना महर्जन संयुक्त रुपमा तेस्रो हुनुभयो । 

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।