बोमलाल गिरी
नवलपुर, पुस १ गते । नवलपुरमा आगामी पुस ५ गतेदेखि प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती–१६ डण्डाको मैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा दुई विदेशीसहित देशभरका उत्कृष्ट १२ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रथम हुने टिमले नगद तीन लाख, ट्रफी र प्रमाण पत्र, दोस्रो हुनेले नगद एक लाख ५० हजार, ट्रफी र प्रमाण पत्र तथा तृतीय स्थान हाँसिल गर्ने टिमले नगद ७५ हजार रपियाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
साथै प्रतियोगितामा उत्कृष्ट, गोलकर्ता, गोलकिपर, मिडफिल्डरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कावासोती गोल्डकप खेल्नका लागि नाइजेरियाको टिम जस्ट जोन एपसी, भारत कोलकताको एभीएफसी, कावासोतीका दुई सथानीय क्लवसहित विभिन्न जिल्लाका क्लवको नाम निश्चित भएको अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालन गर्नका लागि १७ लाखभन्दा बढी रकम खर्च हुने आर्थिक व्यवस्थापन समितिका संयोजक तेजबहादुर केसीले जानकारी दिनुभयो ।