बागमती रग्बी सेभेनमा १४ टोली
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता जेठ २० र २१ गते हुने भएको छ ।
राष्ट्रिय रिङ रेस्लिङ शनिबार
चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त शनिबार हुने भएको छ ।
एसियाली खेलकुदको सचिवालय सञ्चालनमा
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
मेस्सीले पीएसजी छाड्ने पक्का
अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताउनुभएको छ ।
विद्यार्थीका प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड
घर बलियो हुनलाई जग राम्रो हुनुपर्छ भन्ने तिमीहरूलाई थाहै छ होला । यो सबैले सुनेकै उखान हो नि । खेलकुदमा पनि यस्तो हुन्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा सो देशकै खेलकुदको स्तर राम्रो हुन्छ । सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन र राम्रो प्रतिभा खोज्न पर्छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा राख्न सक्ने खेलाडी मिल्छ । अनि खेलले नेपालको नाम उँचो हुन्छ । ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने देशहरूले खेलकुद विकास
खेलाडीको भविष्यप्रति सरकार चिन्तित : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ ।
एनआरटीमाथि पुलिसको प्रतिस्पर्धात्मक जित
विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो ।
पौडीको एसियाड छनोट आइतबार देखि
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि पौडी खेलको छनोट प्रतियोगिता हुने भएको छ ।
लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने क्लबको निर्णय
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकेपछि मात्र राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा खेलाडी पठाउने निर्णय गरेका छन् ।
ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता हुने
काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नेपालमा नै पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ नाराका साथ तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० आयोजना गर्ने भएको छ ।
सेभियालाई युरोपा लिग उपाधि
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
मलेसियामाथि नेपालको दोस्रो जित
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।
रोड्स चितवन विजयी
पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बुधबारको खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवन विजयी भएको छ ।
भारतका सुमितलाई नेपाल एमेच्योर ओपनको उपाधि
नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जित्नुभएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जित्नुभएको हो ।
एसियाडका लागि कराते खेलाडी छनोट पूरा
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।
ओलावालेको ह्याट्रिकसँगै मच्छिन्द्र उपाधि रक्षाको बाटोमा
टोलीका प्रभावशाली नाइजेरियल स्ट्राइकर ओलावाले ओलाडिपो आफिजले ह्याट्रिक गरेपछि साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मरक ‘ए’ डिभिजन लिगमा सातदोवाटो युथ क्लबमाथि सानदार जित निकालेको छ ।
खप्तड शैलेश्वरी म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम
हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम हुनुभएको छ ।
साफ फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
सन्दीप दक्षिण अफ्रिका नजाने
नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ ।
एन्फा बैठकको निर्णयमा केन्द्रीय पदाधिकारीको असहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आपतकालिन कार्यसमिति बैठकले पारित गरेको आर्थिक एजेन्डाको विषयमा असहमति जनाउँदै एन्फाका उपाध्यक्षसहित तीन सदस्यले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।
गल्फको टिम स्पर्धामा नेपाललाई स्वर्ण
नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगितामा टिम स्पर्धाको स्वर्ण नेपालले जितेको छ ।
आर्मीलाई हराउँदै जावलाखेल उपाधि होडमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।
मलेसियाविरुद्ध दोस्रो खेलमा नेपालको सानदार जित
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ ।
चेन्नईलाई आइपिएल क्रिकेट उपाधि
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।