• १३ मंसिर २०८१, बिहिबार

ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता हुने

blog

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, जेठ १८ गते । काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नेपालमा नै पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ नाराका साथ तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी असार २ गते रोड रेस कार्यक्रमको आयोजना गरिने जनाएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले खेलकुदमार्फत विद्यार्थीलाई सही बाटो र अनुशासनमा राख्न तेस्रो रोड रेस आयोजना गरिएको बताउनुभयो । 

रोडरेसमा छात्र–छात्रा दुवै विधा समावेश गरिएको बताउनुभयो । अध्यक्ष वैद्यका अनुसार छात्राको रोड रेस ३ किलोमिटर र छात्रहरूको भने ७ दशमलव ५ किलोमिटरको रहने छ ।  प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, दोस्रोले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाका करिब डेढ सय प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ ।