चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन
चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।
रेस्लिङ खेलाडीको उपचारका लागि सम्झौता
नेपाल रिङ रेस्लिङ सङ्घ र नेपाल नेशनल हस्पिटलले खेलाडीको उपचार सम्बन्धी सम्झौता गरेका छन् । मंगलबार नेपाल नेशनल हस्पिटलमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा सङ्घका महासचिव सुवर्णा श्रेष्ठ र हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
पहिलो दिन सुवास पाँच स्ट्रोकले अगाडि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर सुवास तामाङले अग्रता लिनुभएको छ ।
प्रिन्स र विष्णुलाई सफलता
एपीएफ क्लबका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवालले १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा सफलता हात पार्नुभएको छ ।
प्रिमियर गल्फमा शीर्षताको होडबाजी
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम स्पर्धा ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ मंगलबार देखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ ।
हिसान दौडमा विकेश र हृदय पहिलो
पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो हुनुभएको छ । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो हुनुभएको हो ।
च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो
स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ ।
मच्छिन्द्रलाई पुलिसको धक्का
उपाधि रक्षाको अभियानमा रहेको साबिक विजेता मच्छिन्द्र क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबको नमिठो धक्का लागेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्र पुलिससँग २–१ गोलले पराजित भयो ।
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
यू-२० महिला फुटबल टोलीको बिदाइ
म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित
टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
सिटीले जित्यो एफए कप
एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।
टी–२० सिरिजमा नेपाल च्याम्पियन
घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हरायो ।
होराइजन सेमिफाइनलमा
कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा स्याङजाको होराइजन फुटबल क्लब वालिङ विजयी भएको छ । वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
ओलम्पिक दिवसमा साइकल र्याली
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल र्याली आयोजना गरिएको छ ।
नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन
नुवोकाटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गर्नुभयो ।
इन्डो नेपाल करातेमा नेपाल टिम च्याम्पियन, श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट
नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो।
रग्बीको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभएको छ ।
एपिएफ र थ्रीस्टारको बराबरी
विभागीय टोली एपिएफ क्लब र थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा एपिएफ र थ्रीस्टारले १–१ गोलको बराबरी खेलेको हो ।
सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि दुई विधाको मनोनयन सार्वजनिक
धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । अवार्डको लागि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई
दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद् आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो ।
काभा नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा
नेपाल भलिबल संघले असार ३ देखि १० गतेसम्म कीर्गिस्तानका आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाल चौथो खेलमा मलेसियासँग पराजित
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भयो । नेपालको यस हारसँगै सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।
राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई
हेटौँडामा भएको खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हेटौँडा –४, हुप्रचौरस्थित भलिबल कोर्टमा स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।