• २ असार २०८१, आइतबार

नुवाकोटे टाइगर हेभी वेट च्याम्पियन

blog

हेभी वेट च्याम्पियन नुवोकाटे टाइगर ।

काठमाडौं, जेठ २० गते । नुवोकाटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गर्नुभयो ।

उपाधिसँगै टाइगरले एक लाख ५५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोश्रो पटक हो । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा पनि उपाधि जित्नुभएको थियो । 

नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउदै एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 


टुप्पी ग्याङ र एक्स हिरो/सीजे वल्र्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वल्र्डले बाजी मार्नुभयो । एक्स हिरो/सीजे वल्र्डले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । उहाँले कम्ब्याट कर्मालाई पाखा लगाउनुभयो । महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पन्छाउनुभयो । आकृतिले ८० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।