• १६ चैत २०८०, शुक्रबार

सिटीले जित्यो एफए कप

blog

उपाधि सहित म्यानचेस्टर सिटीका खेलाडी ।

काठमाडौं, जेठ २१ गते । एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।

म्यानचेस्टर डर्बीमा सिटीलाई जिताउन दुवै गोल इल्केए गुन्डोगानले गर्नुभयो । युनाइटेडका ब्रुनो फर्नान्डेसको गोल सान्त्वना बन्यो । गुन्डोगानले खेल सुरुभएको पहिलो र ५१औं मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

दोस्रो हाफमा गोल फर्काउन नसक्दा युनाइटेड पराजित भयो । यससँगै लगातार दोस्रो उपाधि जितेको सिटी तेस्रो उपाधि नजिक छ ।

सिटीले अब प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनलमा जुन १० तारिख इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ । एजेन्सी