• २ असार २०८१, आइतबार

ओलम्पिक दिवसमा साइकल र्‍याली

blog

साइकल र्‍यालमा सहभागी ।

काठमाडौं, जेठ २० गते । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल र्‍याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्त्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ सङ्घको आयोजनामा र्‍याली आयोजना गरिएको हो ।

र्‍याली मा १ सय २५ जना सहभागी थिए । र्‍याली वसन्तपुर डबलीबाट सुरु भई सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुङ्गिएको थियो । र्‍यालीको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीकी उपाध्यक्ष ज्योति राणाले ओलम्पिकको झण्डा झण्डोतोलन गर्नुभएको थियो ।