• ८ वैशाख २०८१, शनिबार

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

blog

गोल गरेपछि सर्जियो रामोस र केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, जेठ २१ गते । टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको लिगको समेत अन्तिम खेलमा पीएसजी क्लेर्मन्टसँग ३-२ गोलले पराजित भयो । क्लेर्मन्टको जितमा जोन गस्टिन, मेहदी जिफाने र ग्रेजोन केईले गोल गर्नुभयो । 

पीएसजीका लागि सर्जियो रामोस र केलियन एमबाप्पेले एक एक गोल फर्काउनुभयो । यही खेल मेस्सी र रामोसका लागि पीएसजीमा अन्तिम खेल भएको छ । यी दुवै खेलाडीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरिसक्नुभएको छ ।

अन्तिम खेल हारेपनि लिग च्याम्पियन बनिसकेको पीएसजीले ३८ खेलबाट ८५ अङ्क बनायो । क्लेर्मन्टले ३८ खेलमा ५९ अङ्क जोड्दै आठौँ स्थानमा रह्यो । एजेन्सी