• १५ चैत २०८०, बिहिबार

दमक नगरपालिकालाई भलिबल उपाधि

blog

उपाधिसहित दमक नगरपालिका टोली । तस्बिर : लीलाराज खड्का

बिर्तामोड समाचारदाता

बिर्तामोड, जेठ २३ गते । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजित झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।  

भद्रपुर नगरपालिकालाई हराउदै दमकले उपाधि रक्षा गरेको हो । उपाधिसँगै दमकले नगद ५० हजार रुपियाँ प्राप्त गरेको छ । उपविजयी भद्रपुर नगरपालिकाले २७ हजार रुपियाँ प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कचनकवलले प्रतियोगिताको आयोजना गरेको हो । फाइनलमा दमकले २५-१४, २५-१९, १७-१५ ले जितेको हो । यता भद्रपुरले दुई सेट २५-१९, २५-१९ ले जितेको थियो ।  प्रतियगितामा झापा जिल्लाका १२ पालिकाहरुको सहभागिता रहेको थियो ।

खेलको म्यान अफ दि म्याचको उपाधि दमक नगरपालिकाक रोमन बस्नेतले हात पार्दै चार हजार रुपियाँ प्राप्त गर्नुभयो  । नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको परिचय देश विदेशमा फैलाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।