• ७ वैशाख २०८१, शुक्रबार

रोड्स चितवन विजयी

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाड । तस्बिर : गोरखापत्र

रेखीराम राना

पाल्पा, जेठ १७ गते । पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बुधबारको खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवन विजयी भएको छ । 

न्यू युथ युनियन फुटबल क्लब पाल्पालाई ट्राइब्रेकरमा ४–२ गोलले पराजित गर्दै चितवन  क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

थप समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको हो । खेल सुरु भएको चार मिनेटमा रोड्स रामपुर चितवनका विक्की राईले गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको थियो । न्यू युथ युनियन पाल्पाका मनिष तामाङ्ले ३६औं मिनेटमा गोल फर्काउनुभएको थियो ।

दुबै टिमबाट निर्धारित समय र थपिएको समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा रामपुर चितवनका लागि विक्की चाम्लिङराई, आकास थापा मगर, सन्त बहादुर गुरुङ र सचिन थाप मगरले गोल गर्नुभयो । न्यू युथ युनियनका सुशील थापा र खमिर सिंजालीले गोल गर्नुभयो । सन्दीप राना र तारा थापले गोल गर्न नसकेपछि चितवन विजयी भयो । 

बुधबारको खेलमा म्यान अफ दि म्याच रोड्स चितवनका जितेस गुरुङ हुनुभयो । बिहीबार स्वयम्भु युथ क्लब काठमाडौ र विष्णु पादुका युथ क्लब पोखराबीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघले जनाएको छ ।