• १५ वैशाख २०८१, शनिबार

भारतका सुमितलाई नेपाल एमेच्योर ओपनको उपाधि

blog

गल्फमा उपाधि विजेता खेलाडी । तस्बिर : ग्राफिक आर्ट्स

काठमाडौं, जेठ १७ गते । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जित्नुभएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जित्नुभएको हो । 

पार ७२ को गोकर्ण फरेस्ट गद्यल्फ रिसोर्टमा बुधबार सम्पन्न तीन दिने प्रतियोगिताको अन्तिम दिन एक अन्डर ७१ खेल्नुभएका सुमितले समग्रमा १३ अन्डर दुई सय तीन स्कोर खेल्नुभयो । सुवासले समग्रमा १२ अन्डर दुई सय चारको स्कोर कार्ड बनाउनुभयो । समग्रमा १० अन्डर दुई सय ६ स्कोर खेल्नुभएका युवा गल्फर सद्भाव आचार्य तेस्रो हुनुभयो । 

टिम स्पर्धाको स्वर्ण मंगलबार नै नेपालका सुवार र सद्भावले जित्नुभएको थियो । महिलातर्फ कश्मीरा शाह पहिलो हुनुभयो । अन्तिम राउन्डमा चार ओभर ७६ खेल्नुभएकी शाहले कूल १८ ओभर दुई सय ३४ स्कोर खेल्नुभयो ।

दोस्रो हुनुभएकी सुष्मा सिग्देलले समग्रमा २३ ओभर दुई सय ३९ स्कोर खेल्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।