• १३ असोज २०८१, आइतबार

आर्मीलाई हराउँदै जावलाखेल उपाधि होडमा

blog

बल खोस्न प्रयास गर्दै जावलाखेल र आर्मीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, जेठ १६ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ । दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो ।

जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गर्नुभयो । दोस्रो हाफमा गोल सम्भव भएको खेलमा मासोबीले ५५औँ र ७८औँ मिनेटमा गोल गर्दै जावलाखेललाई महत्त्वपूर्ण तीन अङ्क दिलाउनुभयो । लिगमा १०औँ जित निकालेसँग जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ ।

जावलाखेलको २३ खेलबाट ३७ अङ्क पुगेको छ । पराजित आर्मी समान खेलबाट ३० अङ्क जोड्दै पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको चर्च ब्वाइज ३८ अङ्क सहित शीर्षस्थानमा छ । तेस्रो स्थानमा रहेको मच्छिन्द्रको २२ खेलबाट ३६ अङ्क छ ।