• १४ वैशाख २०८१, शुक्रबार

सेभियालाई युरोपा लिग उपाधि

blog

उपाधि सहित सेभियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १८ गते । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ ।  हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।

सेभियाको यो कीर्तिमानी सातौँ युरोपा लिग उपाधि हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी सकिएको खेल अतिरिक्त समयमा थप गोल नभएपछि टाइब्रेकरमा पुगेर सकिएको हो । निर्धारित समयमा सुरुवाती अग्रता रोमाले लिएको थियो ।

३५औँ मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमाको उत्साह जगाउनुभयो । त्यसपछि ५५औँ मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि सेभियाले बराबरीको मौका बनायो । 

टाइब्रेकरमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गर्नुभयो । रोमाका ब्रायन क्रिस्टान्टेले मात्रै गोल गर्न सक्नुभयो ।  जियान लुका मान्सिनी र रोजर इवानेजको प्रहार विफल बनेको थियो । एजेन्सी