• १५ वैशाख २०८१, शनिबार

‘ए’ डिभिजन लिग : उपाधि होड र रेलिगेसन रोचक मोडमा

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १९ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ ।

यस्तै लिगको गणितिय तालिका हेर्दा रेलिगेसनमा पर्ने टोलीको समेत निक्र्योल गर्न गाह्रो छ । लिगमा बाँकी तीन खेलले लिन स्वरुप बारे क्बललाई चन्तित बनाएको छ । यसले लिगको समिकरणलाई थप रोमाञ्चक बनाएको छ ।

यसै सिजन ‘ए’ डिभिजनमा डेब्यु गरेको  चर्च ब्वाईजले स्टार खेलाडीलाई समेट्दै लिग आरम्भव गरेको थियो । २३औं चरणमा ४१ अङ्क बटुल्दै शीर्षस्थानमा रहेको चर्च ब्वाईजले ११ जित, आठ बराबरी र चार हार खेपेको छ ।

चर्च ब्वाईजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अङ्कले पछि रहेको मच्छिन्द्रले १० जित, नौ बराबरी र चार खेलमा हार खेपेको छ । तेस्रो स्थानमा रहेको जावलाखेलको पनि ३७ अङ्क छ । 

लिगमा १० जित, सात बराबरी र ६ हार खेपेको जावलाखेल पनि उपाधि दौडमा छ । यसपटक जाइलट किलरको छवि बनाएको जावलाखेलको प्रदर्शन उच्च रहेको छ । 

यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो लेगमा खराब प्रदर्शन गरेपनि अन्त्यतिर पुलिसको प्रदर्शन दमदार देखिएको छ । सुरुमा रेलिगेसनको दबाबमा देखिएको पुलिस विस्तारै उपाधि दौडमा फर्किएको छ । चौथो स्थानमा रहेको पुलिसको ३४ अङ्क छ । 

यता लिगको सर्वाधिक सफल टोली मनाङले पछिल्ला पाँच खेलमा सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । मनाङको ३१ अङ्क छ । छैटौं र सातौं स्थानमा समान ३० अङ्क बनाएको त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा रहेको छ । यद्यपी मनाङ, आर्मी र शेर्पाको उपाधिह दौड सकिएको छ । 

यस्तै समान २९ अङ्कमा साथ क्रमशः आठौं, नवौं र १०औं स्थानमा रहेका एपएिफ, सातदोवाटो युथ र एनआरटी क्लब पनि रेलिगेसन मुक्त भइसकेको छैन । समान २७ अङ्कसहित ११औं र १२औं स्थानमा रहेको थ्रीस्टार र संकटालाई पनि रेलिगेसनको परिलो छ ।

२५ अङ्क बनाएको फ्रेन्ड्स र २४ अङ्क बनाएको एफसी खुमलटारले रेलिगेसन रेखा छल्न सकेको छैन । त्यसैले बाँकी तीन खेलले लिगको उपाधि र रेलिगेसनको टुङ्गो लाग्ने हुँदा लिगको अङ्क गणितिय रौनकता थप चुलिएको छ ।