• १३ मंसिर २०८१, बिहिबार

गल्फको टिम स्पर्धामा नेपाललाई स्वर्ण

blog

टिम स्पर्धामा स्वर्ण विजेता खेलाडी । तस्बिर : गल्फ संघ

काठमाडौं, जेठ १६ गते । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगितामा टिम स्पर्धाको स्वर्ण नेपालले जितेको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका नम्बर एक खेलाडी सुवास तामाङ र सद्भाव आचार्यको जोलीले समग्रमा कूल १७ अन्डर दुई सय ७१ स्कोर खेल्दै स्वर्ण जित्नुभएको हो ।

फाइल राउन्डमा मंगलबार सुवास र सद्भावले एक सात अन्डर एक सय ३७ स्कोर खेल्नुभयो । सुवास रु सद्भावको जोडीले गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जित्नुभएको थियो ।

समग्रमा तीन अन्डर दुई सय ८५ खेल्न सफल भारतका सुमित कोटवाल र सुरज जोशीको जोडी दोस्रो हुनुभयो । पाँच ओभर दुई सय ९३ खेल्न सफल भुटानका उगेन दोर्जी र कर्मा दोर्जी खोर्कोको जोडीले कांस्य पदक जित्नुभयो । 

प्रतियोगिताको व्यक्तिगततर्फ भारतका सुमित कोटवाल शीर्षस्थानमा हुनुहुन्छ । मंगलबार आठ अन्डर ६४ स्कोर खेल्नुभएका उहाँको १२ अन्डर एक सय ३२ स्कोर छ । दोस्रो स्थानमा रहनुभएका नेपालका सुवास तामाङको कूल १० अन्डर एक सय ३४ स्कोर छ । मंगलबार सुवासले चार अन्डर ६८ खेल्नुभयो । तेस्रो स्थानमा रहनुभएका नेपालका सद्भावको समग्रमा सात अन्डर एक सय ३७ स्कोर छ । 

महिलातर्फ शीर्षस्थानमा रहनुभएकी कश्मीरा शाहको समग्रमा १४ अन्डर एक सय ५८ र दोस्रो स्थानमा रहन सफल सुष्मा सिग्देलको १७ ओभर एक सय ६१ स्कोर छ । नेपाल गल्फ संघले आयोजना गरेको प्रतियोगितामा ४४ पुरुष र सात महिला गरी ५१ गल्फरको सहभागिता रहेको छ ।

पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी तीन स्पर्धा समावेश प्रतियोगिता ब्यक्तिगततर्फ ५४ होलको हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ।