• २ पुस २०८२, बुधबार

नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य

blog

ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, पुस २ गते । यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनायो । 

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाउनुभयो । त्यस्तै चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाउनुभयो । 

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिनुभयो ।

अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले दुई/दुई विकेट झार्नुभयो । यसअघिका दुई खेलमा हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।