• १५ चैत २०८०, बिहिबार

एसियाडका लागि कराते खेलाडी छनोट पूरा

blog

एसियाडका लागि छनोट भएका खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ १७ गते । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।

नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जानकारी दिनुभयो । 

छनोट प्रतियोगिताबाट पुरुषको ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर छनोट हुनुभयो ।

महिलाको ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी छानिनुभयो । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।