• १५ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन

blog

११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११औँ कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्नुभएको छ ।

शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गर्नुभएको हो ।

यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ ।

आयोजक कान्तिपुर पब्लिकेशन्सका अनुसार हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झण्डै चार हजार सात सय सहभागी हुने छन् ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले पाँच हजार रुपियाँ पाउने छन् ।