• २२ वैशाख २०८१, शनिबार

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

blog

मिलानविरुद्ध गोल गरेपछि इन्टरका लउटारो मार्टिनेज । तस्बिर : एएफपी

काठमाडौं, जेठ ३ गते । सिरि‘ए’ प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै इन्टर मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ  सोमबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई १-० गोलले हरायो ।

इन्टर समग्रमा ३-० गोलले विजयी बन्दै फाइनलमा पुगेको हो । पहिलो लेगमा इन्टरले एसी मिलानलाई २-० गोलले स्तब्ध बनाएको थियो । इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

इन्टरलाई फाइनलमा प्रवेश गराउन लउटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो । मार्टिनेजले रोमेलु लुकाकुको पासमा गोल गर्नुभएको थियो । बल पोसेसन राम्रो राखेपछि एसी मिलानले गोल फर्काउन सकेन । उपाधिका लागि इन्टरले स्पेनिस टोली रियल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटी बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रियल र सिटीबीच सेमिफाइनल खेलको दोस्रो लेग मंगलबार (आज) राति सिटीको मैदानमा हुँदैछ । पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । एजेन्सी