तेल अवीव, पुस १३ गते । गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ ।
जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दा र अवैध निवासलाई सहयोग गर्ने ३४ सन्दिग्धलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहान्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रसँगको विभाजन पर्खालमाथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखानाभित्र लुकेका २५ जना अवैध बासिन्दालाई पक्राउ गरेको थियो ।
यसै गरी उत्तर र तटीय क्षेत्रमा १८ जना अवैध बासिन्दा र ११ जना सहयोगी सन्दिग्धलाई पक्राउ गरिएको छ । दक्षिणी क्षेत्रमा ५७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ भने केन्द्रीय क्षेत्रमा ४७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार सन्दिग्धलाई पक्राउ गरिएको छ । रासस/एएनआई