शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले, मङ्सिर १ गते । राष्ट्रपतिका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ ।
थापाले २०७९ साल चैत्र १४ गतेदेखि राष्ट्रपतिको कार्यालयमा राजनीतिक विज्ञको रूपमा कार्यरत रहँदै आएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन तथा नेपाली कांग्रेसको महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय लिएको बताउनुभएको छ ।
राजीनामा पत्रमा थापाले पार्टी र राष्ट्रको हितमा राजनीतिक गतिविधिको मूलधारमै फर्किनु उपयुक्त ठानेको उल्लेख गर्नुभएको छ ।
पार्टीको मुख्य सदस्यतासँग पुनः संलग्न भएर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न चाहेको उहाँले प्रष्ट पार्नुभएको छ ।