• ७ वैशाख २०८१, शुक्रबार

एस रोमा र सेभिया युरोपा लिगको फाइनलमा

blog

गोल गरेपछि सेभियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ ५ गते । इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनल खेलमा रोमाले जर्मन क्लब वायर लिभरकुसनलाई गोलरहित बराबरीमा रोक्दै फाइनलमा स्थान बनाएको हो । रोमाले समग्रतामा १-० गोलको जित निकाल्यो । पहिलो लेगमा रोमा १-० गोलले विजयी भएको थियो । 

यस्तै अर्को खेलमा सेभियाले इटालियन क्लब युभेन्ट्सलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै फाइनलमा स्थान बनायो । सेभियाले समग्रमा ३-२ गोलको जित निकायो । पहिलो लेगमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएका थिए ।

दोस्रो लेगमा युभेन्ट्सले सुरुवाती अग्रता लिएरपनि बाहिरिन बाध्य बन्यो । सेभियाको जितमा सुसो र एरिक लमेलाले गोल गर्नुभयो । युभेन्ट्सका डुसान भ्लाहोभिचको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलमा डुसानले ६५औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

७१औँ मिनेटमा सुसोले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ९५औँ मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियालाई फाइनलको यात्रा तय गराउनुभयो । ११५औँ मिनेटमा सेभिया १० खेलाडीमा समेटिएको थियो ।

मार्कास एकुना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए पनि युभेन्ट्सले फाइदा उठाउन सकेन । रोमा र सेभियाबीचको फाइनल खेल मे ३१ तारिख हंगेरीमा हुनेछ । एजेन्सी