• २८ मङ्सिर २०८२, आइतबार

मरब क्याम्पसमा विद्यार्थी महोत्सव हुने

blog

इलाम सदरमुकामस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पस । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर २८ गते । जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी माघ २३ देखि माघ २५ गते सम्म विद्यार्थी महोत्सव आयोजना गरिएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । 

महोत्सवमा जिल्लाका सबै उच्च माविका विद्यार्थीलाईसमेत सहभागी गराईने लक्ष्य रहेको युनियनका सभापति विशाल कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विभिन्न चरणमा शैक्षिक बहस, विज्ञहरुसँगको छलफल, साहित्यिक बहस, मरब क्याम्पसको विगत, वर्तमान र भविष्यको विषयमा बहस सञ्चालन गरिने छ । 

यस्तै उच्च माविसहितका विद्यार्थीहरुले उत्पादन गरेका हस्तकला र विज्ञान सम्बन्धी प्रर्दशनीका स्टलहरु, विभिन्न खानाका परिकार, विभिन्न जाती र समुदायका झाँकी प्रर्दशन, वकृत्वकला, साँस्कृतिक कार्यक्रम महोत्सवमा समावेश गरिएको बताइएको छ । महोत्सवका अवसरमा स्वयिुवद्वारा प्रकाशित स्मारिका विमोचन,  विद्यार्थीहरुका लागि अक्षयकोष स्थापनालगायतका कार्यक्रमहरु राखिएको सभापति कार्कीले जानकारी दिनुभयो । 

महोत्सवमा पूर्व विद्यार्थीहरुको पुर्नमिलन समारोह समेत राखिएको छ । महोत्सवमा क्याम्पसका तीनहजार र बाहिरका सात हजार गरि करिब दश हजार विद्यार्थी सहभागी हुुने बताइएको छ ।