• १३ मंसिर २०८१, बिहिबार

भारतीय खेलाडी महिन्द्रकारलाई बुद्धिचाल उपाधि

blog

पुरस्कार ग्रहण गर्दै विजेता खेलाडी । तस्बिर : गोरखापत्र

सुजन काफ्ले 

चरीकोट, जेठ ९ गते । दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पार्नुभएको छ। 

उहाँले उपाधिसँगै एक लाख रुपियाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । दोलखा चेस होमको आयोजनामा भएको प्रतियोगितामा महिन्द्रकारले ८.५ अङ्क प्राप्त गरी उपाधि हात पार्नुभएको हो ।

प्रतियोगिताको दोस्रो स्थानमा भारतीय खेलाडी वेदान्त नगरकाट्य रहनुभयो । भारतकै मोहितकुमार सोनी तेस्रो हुनुभयो । दोस्रोले ६० र तेस्रोले ४० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगितामा १२ वर्षमुनिको छुट्टै प्रतिस्पर्धीमा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादवले बाजी मार्नुभएको छ। जेठ ५ गते देखि सुरु भएको प्रतियोगितामा पाँच देशका एक सय ५६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई कांग्रेस नेता एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पुरस्कार प्रदान गर्नुभयो ।