• ९ जेठ २०८१, बुधबार

चेन्नई आइपीएलको फाइनलमा

blog

गुजरातलाई हराएपछि चेन्नईका खेलाडी ।

काठमाडौं, जेठ १० गते । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियम चेपकमा मंगलबार राति भएको खेलमा चेन्नईले साबिक विजेता गुजरात टाइटन्सलाई १५ रनले हरायो । 

चार पटकको विजेता चेन्नई १०औँ पटक आइपीएलको फाइनमा पुगेको हो । चेन्नईले दिएको एक सय ७३ रनको विजय लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरको सबै विकेटको क्षतिमा एक सय ५७ रनमा समेटिएको थियो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ४२ रन बनाउनुभयो । राशिद खानले ३०, दाशुन शनकाले १७, विजय शङ्करले १४ र ओपनर ऋद्धिमान शाहले १२ रन बनाउनुभयो । बलिङमा चेन्नईका दीपक चहर, मथिशा पथिराना, रवीन्द्र जडेजा र महेश थिक्सनाले दुई दुई विकेट लिनुभयो । तुसारदेस पान्डेले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा उक सय ७२ रन बनाएको थियो । चेन्नईका लागि ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाउनुभयो ।

यस्तै डेभोन कन्वेले ४०, रवीन्द्र जडेजाले २२, अजिंक्या रहाने र अम्बाती रायुडूले समान १७/१७ तथा मोइन अलीले अविजित नौ रन बनाउनुभयो । कप्तान महेन्द्रसिंह धोनी एक रनमै आउट हुनुभएको थियो ।

बलिङमा गुजरातका मोहित शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिनुभयो । नूर अहमद, दर्शन नालकंडे र राशिद खानले एक एक विकेट झार्नुभयो । एजेन्सी