• ५ असार २०८२, बिहिबार

एकल कातामा एलिनालाई स्वर्ण

blog

एलिना थिङ ।

काठमाडौँ, असार ४ गते । काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद अन्तर्गत करातेको महिला एकल कातामा कीर्तिपुर नगरपालिकाकी एलिना थिङले स्वर्ण जित्नुभएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गर्नुभयो । 

नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौँ महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेस्रो हुनुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, १५ हजार र ५/५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुहुने छ । 

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुङ्गाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौँ महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो हुनुभयो । 

गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रूपमा तेस्रो हुनुभयो । 

यस स्पर्धामा शीर्ष तीनमा रहनेले क्रमशः ५०, २५ र १० हजार रुपियाँ पुरस्कार पाउने छन् । दुईदिने प्रतियोगितामा महिलाको दुई स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।