• ५ जेठ २०८१, शनिबार

पुलिस र खुलमटार विजयी

blog

पुलिस टोली ।

काठमाडौं, जेठ ९ गते । नेपाल पुलिस क्लब र एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले स्तब्ध बनायो । दशरथ रंगशालामा भएको अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारले सातदोवाटो युथ क्लबलाई १–० गोलले हरायो । 

पुलिसको जितमा हमद हिजाजीले निर्णायक गोल गर्नुभयो । हिजाजीले २८औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै २० खेलबाट २५ अङ्क बनाएको पुलिस आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अङ्क बनाएको थ्रीस्टार छैटौं स्थानमा छ । 

यस्तै खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गर्नुभयो । मेसुकेले ३७औं मिनेटमा गरेको गोल सातदोवाटोलाई हराउन प्रयाप्त बन्यो । जितसँगै २० खेलबाट २१ अङ्क बनाएको खुमलटार तालिकाको अन्तिममा छ । समान खेलबाट २९ अङ्क बनाएको सातदोवाटो चौथो स्थानमा छ ।

२०औं चरणको समाप्तिसँगै लिग तालिकाको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडको ३७ अङ्क छ । दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ३४ र तेस्रो स्थानमा रहेको जावलाखेलको ३३ अङ्क छ । खुमलटारसँगै २१ अङ्क बनाएको फ्रेन्ड्सले पनि रेलिगेसन रेखा छल्न सकेको छैन ।