• ९ जेठ २०८१, बुधबार

इन्टरलाई कोपा इटालिया कप उपाधि

blog

उपाधिसहित इन्टर मिलान टोली । तस्बिर : एएफपी

काठमाडौं, जेठ ११ गते । कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।

इन्टरको यो लगातार दोस्रो उपाधि हो । इन्टरलाई उपाधि रक्षा गराउन दुवै गोल लोउटारो मार्टिनेजले गर्नुभयो । फियोरेन्टिनाका निकोलस गोन्जालेसको सुरुवाती गोल गोल सान्त्वना बन्यो । तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाउनुभएको थियो ।

त्यसपछि २९औँ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३७औँ मिनेटमा लोउटारो मार्टिनेजको व्यक्तिगत दोस्रो गोल टोलीको जितमा पर्याप्त बन्यो । इन्टरको यो समग्रमा नवौँ कोपा इलालिया उपाधि हो । एजेन्सी