वासुदेव शर्मा
जाजरकोट, असार २५ गते । जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालयसहित कक्षाकोठामा पसेपछि पठनपाठन प्रभावित भएको हो ।
पाँचकाटिय–दम्दाला–पैक हुँदै जुम्ला जोड्ने सडक स्तरउन्नतीसहित कालोपत्रे हुँदै गरेको छ । निर्माण व्यवसायीले नालाको व्यवस्था नगरेका कारण सडकबाट बगेको बाढी विद्यालय प्राङ्गण, कक्षाकोठामा पसेपछि बालबालिकाको पढाइ प्रभावित भएको छ ।
पशुपति माध्यामिक विद्यालयका शिक्षक गगन वालीले छ वटा कक्षाकोठामा लेदोसहितको पानी पसेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले पर्खाल भत्किएपछि विद्यालयको निर्माणधिन भवन जोखिममा रहेका छ । कच्चा पर्खाल भीराले जमिन माथिबाट झरेको भलपानी सिधै विद्यालयमा आएपछि पठनपाठन गराउन समस्या भएको छ । निर्माण व्यवसायीले विगत दुई वर्षदेखि विद्यालयको पर्खाल पुनर्निर्माण गरिदिने सम्झौता गरेपनि पर्खाल निर्माणमा ढिलासुस्ती तथा वेवास्ता गरेका कारण विद्यालय जोखिम भएको छ ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले मनसुन सव्रिmय भएकाले विभिन्न प्रकोप हुने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।