• ५ जेठ २०८१, शनिबार

तेक्वान्दो टोलीको विदाइ

blog

तेक्वान्दो खेलाडीलाई बिदाइ गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १० गते । जेठ १५ देखि २१ गतेसम्म मित्र राष्ट्र अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु-२०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिमले सहभागीता जनाउन लागेको छ ।

सहभागी टोलीलाई बुधबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विदाइ गर्नुभयो । सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीमा पुरुषतर्फ वीरबहादुर महरा (–६८ केजी), निरज देउबा (–८७ केजी), गोविन्दबहादुर आले (–६३ केजी) रसुमित विष्ट (–५४ केजी) हुनुहुन्छ ।

महिलातर्फ इन्दिरा बस्नेत (–६७ केजी), आयशा लामा (–५३ केजी) काजल  श्रेष्ठ (–४९ केजी) र युनिशा राई (–४६ केजी) हुनुहुन्छ । यस्तै प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावललले सहभागीता जनाउने नेपाल तेक्वान्द्यो संघले जनाएको छ ।