• ३ जेठ २०८१, बिहिबार

एनआरटी र एपीएफ विजयी

blog

एपीएफ टोली ।

काठमाडौं, जेठ १० गते । न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा एनआरटीले आर्मीलाई १-० गोलले हरायो । च्यासलमा भएको अर्को खेलमा एपीएफले सङ्कटा क्लबलाई २-१ गोलले हरायो । एनआरटीको जितमा कृतिसरत्न छुन्जुले निर्णायक गोल गर्नुभयो । 

छुन्जुले ७९औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । एनआरटीको यो छैटौँ जित हो । एनआरटीले २१ खेलमा २६ अङ्क जोडेको छ । आर्मीको समान खेलबाट २९ अङ्क छ ।

यस्तै एपीएफको जितमा आवास लामिछानेले २५औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । सङ्कटाका मनिसा डाँगीले ५०औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । जितसँगै एपीएफको २१ खेलबाट २६ अङ्क पुगेको छ । पराजित सङ्कटाको समान खेलबाट २३ अङ्क छ ।