• १३ वैशाख २०८१, बिहिबार

रियल म्याड्रिडलाई सफलता

blog

बल अघि बढाउँदै रियलका रोड्रिगो । तस्बिर : एएफपी

काठमाडौं, जेठ ११ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा सफलता निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमा र रोड्रिगो गोयसले गोल गर्नुभयो । रायो भालेकानोका लागि राहुल डी टोमासले एक गोल फर्काउनुभयो । बेन्जेमाले ३१औँ मिनेटमा गोल गर्दै रियलको उत्साह जगाउनुभयो ।

त्यसपछि ८४ओं मिनेटमा टोमासले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ८९औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जिताउनुभयो । जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलको ३६ खेलबाट ७४ अङ्क छ ।

पराजित रायो भालेकानो ४६ अङ्कसहित ११औँ स्थानमा छ । लिगको उपाधि भने चार खेल अगावै बार्सिलोनाले जितिसकेको छ । एजेन्सी