फेरियो वीरगन्ज
मुलुकको प्रवेशद्वारको रूपमा चर्चित औद्योगिक र व्यापारिक नगरी वीरगन्ज महानगरको मुहार फेरिएको छ । कुनै बेला अत्यन्त साँघुरो सडक, अव्यवस्थित घनाबस्ती र फोहोरका कारण अस्तव्यस्त देखिने वीरगन्ज अहिले व्यवस्थित सहरको रूपमा परिवर्तन हुँदै गएको छ । सफासुग्घर र व्यवस्थित सहर बनाउने वीरगन्ज महानगरपालिकाको अभियानमा यहाँका स्थानीय बासिन्दा, विभिन्न सङ्घ संस्था र सरोकारवाला निकायहरूले समन्वय, सहयोग र सहकार्य गरेपछि वीरगन्जको
अनिश्चयमा बर्दीबास मेडिकल कलेज
मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबास मेडिकल कलेज निर्माणमा एकपछि अर्को सर्त, समस्या र चुनौती थपिँदै गएपछि यसको भविष्य अनिश्चित र अन्योलपूर्ण बन्दै गएको छ । निर्माणको प्रारम्भिक चरणमै वातावरणमा
कमला पुल पुनर्निर्माण हुँदै
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणकाे काम सुरु गरिएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणकाे काम सुरु गरिएको भएपनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो ।
पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरिएको वडाध्यक्षको दाबी
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहले पारदर्शी ढङ्गले कपाली तमसुक प्रमाणीकरण गरेको दाबी गर्नुभएको छ ।
ग्यास सिलिण्डर विष्फोट हुँदा घरमा क्षति
सर्लाहीको बलरा नगरपालिका–४, बलरागोठमा शुक्रबार ग्यास सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ ।
शीतलहर प्रभावित विपन्नलाई कम्बल वितरण
मधेश प्रदेश सरकारले शीतलहर प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गर्न सुरु गरेको छ ।
पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन सकेनन्
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन
मधेश प्रदेशमा गठबन्धन विजयी
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान भएको छ।
सहकारीका सञ्चालक दास पक्राउ
सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
छोराको नागरिकतामा आमा अर्कै भइदिएपछि...
आफैँले जन्माएको छोराको नागरिकतामा आमा भनेर अर्कैको नाम राखिरहँदा डाक्नेश्वरी वडा नम्बर ९की महुकी बस्ने मुसनी खंग पीडित भएकी छिन । मेरो श्रीमानलाई आफ्नै लगानीमा विदेश पठाई दिनदिनै मेरो घर आएर मैले नचाहँदै छोटे लालले मसँग शारीरिक सम्बन्ध राखेको पीडित मुस्नीले सुनाउनुभयो ।
आयोडिनयुक्त नुनको फाइदा बुझेपछि ...
विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।
मधेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख नविन चौधरीले दिएको जानकारीअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्रलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदानस्थल बनाइएको छ ।
चिसोबाट बच्न स्थानीय तहले गर्यो दाउराको प्रबन्ध
शीतलहर बढेसँगै चिसोबाट बच्न रौतहटको नौ वटा स्थानीय तहले आ–आफ्नो पालिकामा दाउराको प्रबन्ध गरी आगो ताप्ने व्यवस्था मिलाएका छन् ।
विपन्न मिटरब्याजी पीडितलाई सिरक वितरण
घरबारविहीन भई उठीबासको अवस्थामा पुगेका जिल्लाका मिटर ब्याजी पीडितहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले न्यानो सिरक वितरण गरेको छ ।
दलित बस्तीमा खानेपानीको हाहाकार
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित दलित बस्तीका ६५ घरपरिवार वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पुरै बस्तीमा खानेपानीको एउटा पनि स्रोतसाधन नभएकाले उहाँहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् ।
दक्षिण भेगमा शैक्षिक स्तर खस्किँदै : मुख्यमन्त्री
जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बर्दीबास–३, पाटुस्थित जनजागृति माध्यमिक विद्यालयले मङ्गलबार स्वर्ण जयन्ती मनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बर्दीबास नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, सङ्घीय तथा प्रदेश सांसदले विद्यालयको प्राङ्गणमा पूर्वविद्यार्थीको सहयोगमा निर्मित स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो । मुख्यमन्त्री यादवले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपछि मधेश प्रदेशको उत्तरी भेगको तुलनामा दक्षिणी भेगको शैक्षिक स्तर खस्किँदै गएको बताउनुभयो । एउटै प्रदेशको उत्तर र दक्षिणमा किन यस्तो हुन पुग्यो ? आफैँमा टड्कारो प्रश्न बनेको उहाँको भनाइ थियो ।
जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो
जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।
जनमतद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
चिकित्सकको हडतालले अस्पतालको सेवा प्रभावित
गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।
शीतलहरले चिनी मिलको उखु क्रसिङ प्रभावित
लम्बिँदै गएको शीतलहरका कारण चिनी मिलको उत्पादन प्रभावित भएको छ । कठ्याङ्ग्रिने जाडोले गर्दा मिल गेटमा आवश्यक उखु आपूर्ति हुन नसक्दा क्षमता घटाएर क्रसिङ गर्नु परेको महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले जनाएको छ । क्रसिङ सुरु भएदेखि सधैँ भिडभाड देखिने चिनी मिलको बाटोमा शीतलहरको प्रकोप बढेदेखि फाट्टफुट्ट मात्र उखु बोकेका गाडी चलेका छन् ।
अयोध्यामा रामको प्राणप्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।
राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा खुसीयाली
त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।
प्राणप्रतिष्ठाको खुसीयालीमा दीपोत्सव तयारी
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा आज (सोमबार) धनुषा भगवान् राममय भएको छ । आज रामको प्राण प्रतिष्ठा गरिएको छ ।