भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी
भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।
‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
पुल बनेपछि स्थानीय खुसी
मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई सहरी क्षेत्रसँग आवतजावत गर्न जिवाखोलामा पुल निर्माण भएपछि खुसी भएका छन् ।
लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गर्नुभयो ।
दुई सय किलो माछाका सुकुटी बरामद
भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी (सिद्रा) प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगा, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो ।
धनुषाका दुई सहिद छैनन् सूचीमा
सहिद सप्ताह बुधबारबाट सकिएको छ । देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने सहिदप्रति सम्मान गर्न देशैभर माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइएको थियो । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था एवं त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै सहिद सप्ताह मनाइएको थियो ।
चारजना सुनचाँदी व्यवसायी पक्राउ
राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बुहारीको हत्या, श्रीमान् र ससुरा फरार, सासू पक्राउ
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।
मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने
सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबिच उक्त सम्झौता भएको हो ।
'कांग्रेसको समुदायमा जाऔँ, जनताका कुरा सुनौँ' अभियान
नेपाली कांग्रेसको अभियान मधेश प्रदेशको ८ वटै जिल्लाको सबै वडामा मङ्गलबारदेखि सुरु भएको छ ।
मधेश प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन लागेको छ ।
सात वर्षदेखि जलाद नदीको पुल निर्माण अलपत्र
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार पक्षले बेवास्ता गर्दा निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।
‘जहाँ कुष्ठरोगीसँग समान व्यवहार गरिन्छ’
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका ६२ वर्षीय रामकरण दासलाई कुष्ठरोग लागेको बेला घरपरिवार र समाजले गरेको दुव्र्यवहार अझै सम्झना छ । गाउँमा छरछिमेकसँगै आगो ताप्दै गरेको अवस्थामा भेटिएका दासलाई ४० वर्षअघि ठिटो उमेरमा कुष्ठरोग लागेको थियो ।
यस्तो पनि ‘बर्थिङ सेन्टर’ वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह ९बर्थिङ सेन्टर० को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।
पशुमा खोप अभियान नै चलाउनु पर्छ : महानिर्देशक दाहाल
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशुहरूलाई विभिन्न रोगको महामारीबाट जोगाउन पशुमा खोप अभियान नै चलाउनु पर्ने बताउनुभएको छ ।
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको छ।
स्मृति दिवसमा सहिद दुर्गानन्दको स्मरण
नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका सहिद दुर्गानन्द झाको ६० औँ स्मृति दिवसमा सोमबार उहाँलाई स्मरण गरिएको छ ।
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त
विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
हजारौँ मिटरब्याज पीडितले न्याय पाएका छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताउनुभएको छ ।
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
बालबालिकालाई न्यानो कपडा वितरण
जाडोबाट प्रभावित विद्यालयका बालबालिकाका लागि फाउण्डेसनले अहिले ‘न्यानो अभियान’ नै सञ्चालन गरेको छ ।
प्रेस सेन्टर नेपालको स्थापना दिवस पर्सामा सुरु
प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।
मधेशमा कुष्ठरोग प्रमुख समस्या
नेपाललाई सन् २०१० मै कुष्ठरोगमुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।