• १३ साउन २०८१, आइतबार

मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने

blog

आँखाको मोतिविन्दुको शल्यक्रिया । फाइल तस्बिर

गोलबजार (सिरहा), माघ १७ गते । सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबिच उक्त सम्झौता भएको हो । 

उक्र सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गर्नुभयो । एक हजार लहानवासीको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गर्ने लक्ष्य रहेको नगरप्रमुख चौधरीले बताउनुभयो । 

सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडा वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाको उपचार गरिएको नगरपालिकाले जनाएको छ । रासस