बर्दीबासमा मेयर कप भलिबल सुरु
महोत्तरीको बर्दीबासमा दोश्रो मेयर खुला पुरुष नकआउट भालिबल प्रतियोगिता सुरु भएको छ । चल्की विजलपुरामा मङ्गलबार भएको उद्घाटन खेलमा किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै घरेलु टोली विजलपुराले जित निकालेको छ ।
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो ।
लहानमा नगर बस पुनः सञ्चालनमा
डेढ वर्षभन्दा बढी समयदेखि बन्द रहेको लहान नगरपालिकाको नगरबसको सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगरबस सेवा पुनः सञ्चालनमा आएपछि नगरको ग्रामीण क्षेत्रमा पर्ने १ देखि २४ नं. वडा क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष रूपमा राहत पुग्ने भएको छ ।
श्रीमानको शव फेला, श्रीमती अचेत
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।
गोपाल गिरी पत्रकारिता पुरस्कार पासवानलाई
यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ ।
धनुषाधाममा एक महिने मकर मेला सुरु
धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज (सोमबार) देखि सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो ।
सिरहामा २३ वटा पुल निर्माण सम्पन्न
पूर्व पश्चिम जाने राष्ट्रिय लोकमार्ग अन्तर्गत सहरी क्षेत्रमा ६ लेन र सहरी क्षेत्र बाहेक निर्माण भइरहेको चार लेन सडकमा पर्ने २५ मध्ये २३ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।
चार वटा गाडी सहित सात जना पक्राउ
भन्सार चोरी निकासी गरी ल्याइएका चार वटा गाडी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर नेपाल ल्याई नक्कली नम्बर प्लेट राखी चलाइएका चार वटा गाडी सहित जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सात जनालाई पक्राउ गरेको हो ।
माघेसङ्क्रन्ति पर्व एक, चलन अनेक
मधेश प्रदेशका जिल्लामा माघेसङ्क्रन्ति अर्थात् तिलासङ्क्रन्तिको रौनक छाएको छ । माघको पहिलो दिन अर्थात् १ गतेलाई माघेसङ्क्रन्ति, मकरसङ्क्रन्ति, तिलासङ्क्रन्तिका रूपमा सबै जातजातिले फर
शीतलहर छल्न मुसहर समुदायद्वारा दाउरा माग
शीतलहरको चपेटामा परेका विपन्न मुसहर समुदायले दाउरा र न्यानो लुगा माग गरेका छन्। अन्य समुदायको तुलनामा अभावै अभावमा जीवन बिताउने मुहसर समुदाय ९९ प्रतिशत भूमिहीन र हरुवाचरुवा छन्।
उखु किसानको सत्र करोड भुक्तानी
तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ ।
इनरुवामा माघी महोत्सव सुरु
सुनसरी सदरमुकाम इनरुवामा थारु कल्याणकारिणी सभा इनरुवाको आयोजनामा तिला संक्राइत तथा माघी महोत्सव सुरु भएको छ। सभाको आयोजानमा शनिबार तिला संक्राइत तथा माघी महोत्सव २०८० सुरु भएको हो।
‘सञ्चार संस्थालाई व्यवस्थित गर्न जरुरी’
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पत्रकारहरू पत्रकारिता पेसाबाट नै पलायन हुने अवस्थालाई रोक्न प्रदेशभरिका सञ्चार संस्थालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
होटलको आडमा हुने यौन विकृति बन्द गरिने
होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न धनुषाको मिथिला नगरपालिकाले कडा कदम चाल्ने भएको छ ।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
गौशाला नगरपालिका-९ ले वडाका ४४३ जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई सिरक वितरणसहित न्यानो सम्मान गरेको वडाध्यक्ष बद्रिप्रसाद सिंह दनुवारले बताउनुभयोे ।
महोत्तरीमा लाखौंको धनमाल लुटपाट
महोत्तरीको दक्षिणवर्ती मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ ।
‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्वपूर्ण’
तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
मधेशमै बालविवाहमुक्त पहिलो नगरपालिका बनाएका छौँ
सप्तरीका स्थानीय तह प्रमुखहरूमध्ये चर्चित र जिल्लाको एक मात्र महिला नगर प्रमुख हुनुहुन्छ, गीता चौधरी । २०७४ सालमा भएको स्थानीय तहको निवार्चनमा थोरै मतले हार बेहोर्नु परे पनि २०७९ सालको नि
उखु किसानलाई अट्ठाइस करोड भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । मिलले उखु खरिद गरेकोे सात दिनभित्रै भुक्तानी गर्ने नीति अनुसार नयाँ रेट प्रतिक्विन्टल ५६५ रुपियाँको दरले किसानको खातामा रकम जम्मा गर्न सुरु गरेको छ ।
बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश
बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।
वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९-८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।
सिँचाइको डिप ट्युबवेल प्रयोगविहीन
धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइका लागि गाडिएका डिप ट्युबवेल प्रयोगविहीन भएका छन् । जमिन मुनिको पानी तानेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउने भनेर तीन वर्षअघि गाडिएको १७ वटा डिप ट्युबवेल प्रयोगविहीन भएका हुन् ।
सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु
उदयपुरमा सवारी दुर्घटनाबाट एक साइकल यात्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।