स्थानीय सरकारले सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको छ : मन्त्री साह
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले प्रदेश तथा स्थानीय शासन व्यवस्थाले सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको बताउनुभएको छ ।
मलङ्गवामा कर्फ्यु जारी, उल्लङ्घन गर्नेहरू नियन्त्रणमा
सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार राति १० बजेदेखि जारी कर्फ्यु आइतबारबाट थप कडाइका साथ लागू गरिएको छ ।
राष्ट्रपति पौडेल जानकी मन्दिरको दर्शनमा आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउन लाग्नुभएको छ ।
'बर्थिङ सेन्टर' बन्यो खुल्ला गोठ
जिल्लाको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका वडा नं. १२ स्थित स्वास्थ्य चौकी नैन्हीमा रहेको बर्थिङ सेन्टर गाईभैँसी र बाख्राको खुल्ला गोठमा परिणत भएको छ ।
अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मासु बजार : न अनुगमन न मापदण्ड
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गर्नुभएको थियो ।
उखु घारीमा तस्करीका काठ
गौशाला नगरपालिका–८ स्थित ढल्केबर लिक टोलस्थित उखु घारी र आँप बगैँचाबाट वन कर्मचारीले भारी मात्रामा चोरी तस्करीका काठ नियन्त्रणमा लिएका छन् । काठ बरामद भएका स्थान सागरनाथ वन विकास परियोजनाको जङ्गलनजिक पर्छ । सुराकीबाट प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालयका अधिकृत कृष्णकान्त पटेल र माईस्थानस्थित सशस्त्र वन रक्षक जिल्ला कमान्डर अवतार लामाको कमान्डमा खटिएका १६ जना वन कर्मचारीको टोलीले शनिबार उक्त काठ बरामद गरेको हो । वन गस्तीले उखु घारीको बाहिरबाटै काठ चिरेको आवाज सुनेका थिए । आवाज आएतर्फ बढ्दै जाँदा उखु घारीको बिच भागमा रहेको आँप बगँैचामा हाते आराले काठ चिरान भएको दृश्य देखेपछि वनकर्मी नै चकित भएका थिए ।
मलङ्गवामा कर्फ्यु कायमै, कडा सुरक्षाबिच मूर्ति विसर्जन
सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ ।
मलङ्गवामा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्दासमेत प्रदर्शन रोकिएको छैन ।