चिसो बढेपछि विद्यालय बन्द
महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् ।
सिँचाइ मिटरबारे किसान अनभिज्ञ
यतिबेला मधेशका किसानलाई गहुँ सिँचाइको चटारो छ । सप्तरीलगायतका जिल्लाका किसान बिहानैको झिसमिसेमा सडकछेउबाटै गएका बिजुलीको नाङ्गो तारपोलमा हुकिङ गरेर गहुँ सिँचाइ गरिरहेका दृश्य जताततै दिखिन्छ । स्थानीय सरकारले दिने निःशुल्क कृषि मिटरबारे यहाँका किसान अनभिज्ञ छन् ।
असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका एक पक्राउ
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जन्मकैदको सजाय पाएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ।
गौर भन्सार कार्यालयद्वारा बरामद गरिएका सवारीसाधनको लिलामी प्रक्रिया सुरु
विभिन्न मुद्दामा बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएका सवारीसाधन समयमा लिलाम नहुँदा कवाडी बन्दै गएपछि लिलामी प्रक्रिया अघि बढाएको छ।
शीतलहरका कारण रौतहटका सामुदायिक विद्यालय चार दिन बन्द
केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटको सामुदायिक विद्यालय धमाधम बन्द हुँदै छ ।
बजार सामान्य अवस्थामा
सर्लाहीको बरहथवा घटनामा गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले सोमबारबाट काम सुरु गरेको छ । गृह मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको थियो । आइतबार राति अबेर सर्लाही आइपुगेका टो
सुकुमवासीलाई जग्गाधनी पुर्जा वितरण
बर्दीबास नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं २ का ५३ जना भूमिहीन सुकुमवासीलाई प्रतिपरिवार एक कट्ठाका दरले सोमबार लालपुर्जा प्रदान गरेको हो ।
मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते
महोत्तरीको औरही नगरपालिकामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
भत्किने अवस्थामा ट्राफिक कार्यालय
सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण भएर बस्न अयोग्य भइसकेको छ । देशको पुरानो मध्येको एक हो सप्तरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय । वर्षौँदेखि यो कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको हो ।
मधेशमा पाँच जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेशमा एमालेबाट उषादेवीको उम्मेदवारी
मधेश प्रदेशमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सप्तरीलाई गाँजा तस्करको ट्रान्जिट बन्न नदिने
गाँजा तस्करीको लागि सप्तरीको बाटो प्रयोग गर्न नदिन नेपाल प्रहरी संवेदनशील छ। गत वर्ष १२ महिना लगाएर पक्राऊ गरेको गाँजा यो वर्ष हामीले ६ महिनाभित्रै पक्राउ गर्न सकेकोले गाँजा तस्करी गर्न सप्तरीको बाटो प्रयोग गर्ने गिरोहहरूलाई निरुत्साहित गरी गाँजा तस्करी नियन्त्रण गर्ने लक्ष्य लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानद्वारा छ विधामा अनुसन्धान
मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेशले लोपोन्मुख छ वटा विधामा अनुसन्धान गर्ने तयारी गरेको छ । आधुनिकताले लोपोन्मुख बनेका भाषा, साहित्य, कला, संस्कृति, गीत÷सङ्गीत र नाट्यकला विधामा अनुसन्धान तयारी गरिएको जनाएको छ ।
आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् ।
११ बुँदे सहमतिपछि आन्दोलन स्थगित, मृतकको शव उठाइने
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको छलफलबाट ११ बुँदे सहमति भएको हो ।
प्रदर्शन चर्किएपछि बरहथवामा भोलिसम्म कर्फ्यु
सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले आइतबार मध्यान्हबाट कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
मधेश कृषि विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रिया अघि बढायो
मधेश प्रदेश सरकारले अध्यादेशबाट स्थापना गरिएको मधेश कृषि विश्वविद्यालयमा पढाइ हुँदै आएका बिएसिएजी अनर्सको दोस्रो भर्नाको लागि शनिवार प्रवेश परीक्षा लिइएको छ।
चिनी मिलमा उखु अभाव
सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।
सर्लाही घटना: मृतकको शव अझै घटनास्थलमा, प्रशासन र पीडित परिवारबिच वार्ता जारी
सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशङ्कर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
हजार केजी गाँजासहित पक्राउ
बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
शीतलहर छल्न ज्याकेट पाएपछि विद्यार्थी खुसी
सामुदायिक विद्यालयका विद्यार्थी ज्याकेट पाएपछि खुसी भएका छन् । लहान नगरपालिकाका केही विद्यालयका विद्यार्थीहरूलाई शीतलहर छल्न र नियमित विद्यालय आउने उद्देश्यले ज्याकेट वितरण गरिएको हो ।
सर्लाही घटना: भोली बिहान ८ बजेसम्म निषेधाज्ञा
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बरहथवा घटना: मृतक युवकको शव अझै घटनास्थलमा
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
सर्लाहीको बरहथवामा कर्फ्यु
जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।