नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण
विजया दशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।
गृह सचिवद्वारा छिन्नमस्तामा पूजाअर्चना
नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
कंकालिनी मन्दिरमा ६ सय बढी राँगाको बली
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यो वर्ष छ सय तीन वटा राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।
सजाईएको राजदेवी मन्दिर वरपरका क्षेत्र
दसैँको अवसरमा झिलिमिली बत्तीले सजाईएको जनकपुरधामस्थित राजदेवी मन्दिर वरपरका क्षेत्र
एकल महिला तथा ज्येष्ठ नागरिकलाई साडी र मिठाइ वितरण
दसैंको खुशी साट्न ज्येष्ठ नागरिकलाई सम्मान तथा मातारानीको खोइछ भर्न एकल महिलालाई साडी वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा १५ का अति विपन्न, गरिब, असहाय तथा एकल महिलालाई साडी, मिठाई तथा दसैं ंखर्च वितरण गरी बडादसैको अवसरमा शुभकामना साटासाट गरिएको छ ।
मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा र लड्डु चढाउने भक्तजनको भीड
जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
अस्पतालमा दाताको नाम राखिने
मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम
बस चल्यो तर जोखिमपूर्ण यात्रा
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा बस सञ्चालन हुन थालेको छ । वडा कार्यालयले खोलाको बाटो मर्मत गरेपछि लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलाको सबै भेगसम्म बस सञ्चालन हुन थालेका हुन् । सडक नपुगेको त्यस क्षेत्रमा हिउँदमा पानी कम भएका बेला खोलाको बगरबाट बस गुड्ने गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका-१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका-१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीलाई ११ थान साइकल प्रदान
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ ।
राजविराज महोत्सव आयोजना हुने
सप्तरी सांस्कृतिक पर्यटन कृषि तथा व्यापारिक महोत्सव राजविराज आयोजना हुनेभएको छ । कात्तिक ११ देखि २६ गतेसम्म आयोजना हुने मेलामा ३० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
पत्रकारले सही तथ्य बाहिर ल्याउनु पर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ ।
उखुको अनुदान माग गर्दै प्रदर्शन
नेपालीहरुको महान चाड दसैंमा समेत सरकारले उखुको अनुदान उपलब्ध नगराएपछि सर्लाहीका उखु किसानले शुक्रबार हरिवनमा प्रदर्शन गरेका छन् ।
प्रहरी र पत्रकार बीच शुभकामना आदानप्रदान
प्रहरीले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिकसहित प्रहरी र पत्रकारबीचमा एकले अर्कालाई सुस्वास्थ्य, दीर्घायु, भाईचारा र आपसि सद्भावका लागि शुभकामना आदानप्रदान गरिएको हो ।
सीमा सुरक्षामा गम्भीर हुन १४३ वडाध्यक्षको एपिएफलाई आग्रह
चाडपर्वको समयमा नेपाल–भारत खुला सिमानाले अवैध क्रियाकलाप हुने भएको सीमा सुरक्षामा गम्भीर हुन सशस्त्र प्रहरीलाई सीमा क्षेत्रका जनप्रतिनिधिहरूले आग्रह गरेका छन् ।
सबै सडक पक्की बनाउँछौँ
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिम–उत्तरमा रहेको सखुवा प्रसौनी गाउँपालिकामा साबिकका गाविसहरू सखुवा, प्रसौनी, देउरबाना, महुवन, लखनपुर मधुवन मथौल र कौवावन कटैया गरी छ वटा वडा छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित यशवन्त यादवले पालिकाको विकास र निर्माणका योजनालाई प्रमुख प्राथमि
दसैंको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
बडादशैंका अवसर पारेर बर्दिबास नगरपालिका –३ गौरीडाँडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ‘स्वस्थ जीवन सुरक्षित चाडपर्व’ को संदेशसहित बुधवार आयोजित निःशुल्क शिविरमा सयजना बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैंके ढोल’
सपालिको दशहारा (दसैं) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन ।
वृद्ध दम्पतीको ६ लाख लुट्ने पक्राउ
वृद्ध दम्पतीको रकम लुट्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गौशाला बजार क्षेत्रमा असोज ७ गते लुटपाट गर्ने सर्लाही मलंगवा ५ भाडसरका २९ वर्षीय रमेश सनहीलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि
पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।
पोखरी विवाद : नगरप्रमुख थुनिए, पत्रकार कुटिए
सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले जानकारी दिनुभएको छ ।
राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानको काम अघि बढाउन माग
पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनुभयो ।
सस्तियो खसीबोकाको मूल्य
आर्थिक मन्दिका कारण सर्वसाधारणको आम्दानीमा कटौती भएपछि दसैँको समयमा अत्यधिक खपत हुने खसीबोकाको मूल्य सस्तिएको छ ।