• २४ असार २०८१, सोमबार

कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : सभापति देउवा

blog

बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनमा पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिर: धर्बेन्द्र झा

जनकपुर, पुस ५ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ।  

बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनुभयो।  उहाँले अहिले कांग्रेस ठुलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो।  उहाँले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न कांग्रेसले काम गरिरहेको बताउनुभयो। 

सभापति देउवाले भन्नुभयो, ‘‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा कांग्रेस लाग्नेछ।  हामीलाई सहयोग गर्नुहोस्।  कांग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रूपमा सरकार बनाउन सकोस्।  अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउनसक्ने सम्भावना निकै कम हुन्छ।  त्यसैले अहिलेको जस्तो हाम्रो सबैभन्दा ठुलो पार्टी भएको छ, भोलिका दिनमा पनि हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, अन्तरघात भन्ने रोग छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला। ’’

सभापति देउवाले आगामी दिनमा कांग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताउनुभयो।