बँदेललाई आहारा अभाव
बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै वासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक वासस्थान बनाउन थालेका हुन् ।
मोबाइल फोनबाट धम्की दिई ५० लाख माग गर्ने पक्राउ
मोबाइल फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त कसुरमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह पक्राउ परेका हुन् ।
धनुषाको संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी
धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् ।
तलबको माग गर्दै शिक्षक र कर्मचारी धर्नामा
छ महिनादेखि तलब नपाएपछि रौतहटको फतुवा विजयपुरका शिक्षक तथा कर्मचारी तीन दिनदेखि धर्नामा छन् ।
मधेश प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण
धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरण पुगेको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ ।
जनकपुरधामबाट कोसेली बोकेर अयोध्या प्रस्थान
जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।
'भिजिट जनकपुरधाम २०२४' सुरु
सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताउनुभयो ।
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।
१४ लाख नगदसहित दुई जना पक्राउ
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्राेत नखुलेको रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीता मढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।
छ महिनापछि हरिपूर्वा नगरपालिकाको कार्यपालिका बैठक बस्यो
सर्लाहीको हरिपूर्वा नगरपालिकामा छ महिनापछि कार्यपालिका बैठक बसेको छ । जनप्रतिनिधिबिचको विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावले यहाँ गएको असारदेखि कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
रातु नदी उत्खननमा विमति
रातु नदी ठेक्काको विषयलाई लिएर विरोध, बहस र विवाद चलिरहेको बेला बर्दीबास नगरपालिकाले उत्खनन क्षेत्रको अनुगमन गरेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका प्राविधिक, सञ्चारकर्मी एवं सर्वसाधारण सम्मिलित टोलीले उत्खनन क्षेत्रको बुधबार संयुक्त अनुगमन गरेको हो ।
भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप काम अगाडी बढाएको छु : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ ।
जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तवरले सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उखु किसानले पाए अनुदान रकम
सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको छ ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । रु आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले आज पहिलो किस्ताबापत रु २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।
चिसोले तराईको जनजीवन कष्टकर
सर्लाहीसहित तराईका जिल्लामा तीन दिनदेखि अत्यन्त कठ्याङ्ग्रिदो चिसो भइ जनजीवन कष्टकर बन्दैगएको छ ।
सुरक्षित आवास पाउने खुसी, नपाउने चिन्तित
लहान जटियाहीका मुसहर समुदाय सुरक्षित आवास पाएर खुसी भएका छन् । सुरक्षित आवास भएपछि उनीहरूलाई गुजारा गर्न सहज भएको छ । एउटै बस्तीमा केहिले टलक्क
स्वागतमा जुट्यो ‘मिथिला सागर’
अङ्ग्रजी नयाँ वर्ष २०२४ का अवसरमा धनुषाको ढल्केबरस्थित पर्यटकीय स्थल मिथिला सागर संरक्षण समिति पर्यटकको स्वागतमा जुटेको छ । नयाँ वर्षमा पर्यटकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यीकरण, सरसफाइ, खानेपानी, विद्युतीकरण गरेको छ भने सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ । अघिल्लो अङ्ग्रेजी नयाँ वर्षको तुल
आयोगप्रति मधेशका थारूहरुको गुनासो
जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगको कामप्रति गुनासो पोखेका छन् । जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयागले थारुहरुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन् ।
अस्पतालमा सामाजिक एकाइ : उपचारमा छुट, आकर्षण बढ्यो
सरकारी अस्पतालमा सञ्चालन भइरहेको सामाजिक सेवा एकाइ बिरामीका लागि वरदान साबित भएको छ । सरकारले गरिब, असहाय, विपन्न, लैङ्गिक हिंसापीडित, ज्येष्ठ नागरिकलगायतलाई दृष्टिगत गरी औषधोपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले सो एकाइ सञ्चालनमा ल्याएको हो । एकाइ सञ्चालन भएयता उपचारमा विशेष छुट पाउन थालेपछि लाभग्राहीको आकर्षण बढेको छ ।
पुलिसले चुम्यो प्रो क्लब टी–२० उपाधि
दोश्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जमा शनिबार भएको फाइनलमा पुलिसले पर्सा–११ लाई एक सय रनले हरायो ।