एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
हात्ती धपाउन जङ्गलमा नगर प्रमुख
बर्दीबास नगरपालिकामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण हुन नसक्दा स्थानीय जनता त्रासमा छन् । रातको समय बस्ती प्रवेश गर्ने हात्तीका जोडीले जनताका घर भत्काउनुका साथै बालीबिरुवामा समेत क्षति पु-याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्री आफैँ हात्ती धपाउने अभियानमा जुट्नुभएको छ ।
सीमा क्षेत्रबाट लागूऔषधसहित एक पक्राउ
सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको सन्ध्याकालीन सीमा गस्तीले मटिहानी २ बरदाहाका ५२ वर्षीय अनवर सेखलाई विभिन्न नामका एक हजार ६९४ थान लागू औषधका एम्पुलसहित आइतबार साँझ पक्राउ गरेको हो ।
‘नागरिकको हितमा केन्द्रित भएका छौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नागरिकको हित अनुकूलका कामलाई प्राथमिकता दिइरहेको बताउनुभएको छ । सर्लाहीको कर्मैयामा माओवादी केन्द्रका अगुवा कार्यकर्तासँगको भेटमा उहाँले नागरिकका समस्या समाधान र देशको समृद्धितर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।
खानेपानीमा आइरनको मात्रा बढी
मधेश प्रदेशको आठ वटै जिल्लाको खानेपानीमा आवश्यकता भन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको पानी परीक्षण प्रयोगशालाले प्रदेशका विभिन्न स्थानबाट सङ्कलन गरेको नमुना पानी परीक्षण गर्दा खानेपानीमा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको हो ।
एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ ।
वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार
वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आज दुई खेल हुँदै
यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
जलिरहेको अवस्थामा मोटरसाइकल बरामद
नयाँरोड–बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा जङ्गलमा आगजनीबाट जलेको एउटा मोटरसाइकल बरामद भएको छ ।
गुइँठाको प्रयोगमा वृद्धि
जाडो बढेसँगै रौतहटको ग्रामीण क्षेत्रमा चुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबर गुइँठाको प्रयोग बढेको छ । चिसो छल्न आगो ताप्ने उद्देश्य
गौशाला नगरपालिकाका उपप्रमुख चढने गाडीमा आगजनी
गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ शिशुलाई टी–२० क्रिकेट उपाधि
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनले जितेको छ ।
बार एसोसिएसनमा दुई प्यानलबिच प्रतिस्पर्धा हुने
सप्तरीको राजविराजस्थित जनकपुर उच्च अदालत राजविराज इजलासमा कानुन व्यवसायीहरूको साझा सङ्गठन उच्च अदालत बार एसोसिएसनको निर्वाचन अगामी पुस १४ गते हुने भएको छ ।
बेपत्ता युवक घर फर्किए
कोचिङ पढ्न भनी घरबाट हिँडेका बालक गिरिशचन्द्र देव १० दिनपछि शनिवार घर फर्केका छन् । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १७ वर्षीय गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
आज बिहान तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षे कुन्दन मेहता खत्री र वडा –१२ सितलपुर टोलका २२ वर्षे अभिमनु कुसवाहा रहेका छन् ।
प्रहरीको सुरक्षामा प्रसारण लाइनको काम सुरु
सर्लाहीको लामबन्दी नगरपालिका–१२, जियाजोरमा सात वर्षदेखि रोकिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको काम प्रहरीको सुरक्षामा अघि बढाइएको छ ।
पूर्वपश्चिम रेल मार्गको काम तीव्र
मुआब्जालगायतका विवादले केही समय सुस्ताएको पूर्वपश्चिम ब्रोडगेज रेल मार्गको कामले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेल मार्ग निर्माणाधीन छन् । बर्दीबास–निजगढ ७० किमी र बिजलपुरा बर्दीबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । बर्दीबास–निजगढ खण्डका इन्जिनियर सुरेश साहका अनुसार यो खण्डमा अहिले बर्दीबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ ।
पर्यटकको रोजाइमा लोहजरा दह
सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित लोहजरा दह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ ।
स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते
धनुषाको हँसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।
अन्नभण्डार मधेसमै धान पाउन मुस्किल
विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आउनुभएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा हुनुहुन्न । सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका–४ का मण्डल विकल्प खोज्न बाध्य भएको बताउनुहुन्छ ।
चुरे क्षेत्रका स्थलगत निरीक्षण गर्दै प्राकृतिक स्रोत समिति
मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ ।
नेपाल–भारत सम्बन्धलाई नवनिर्मित राम मन्दिरले अझै प्रगाढ बनाउने
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो ।
विश्व सम्पदाको पर्खाइमा जानकी मन्दिर
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन करिब १० वर्षदेखि सुरु गरिएको अभियानले अझै सफलता पाएको छैन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भने विश्व सम्पदाको पर्खाइमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व लिइसकेको जानकारी दिनुभएको छ ।